
काठमाण्डु ,२० माघ- शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आन छापावाला सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन पनि शुक्रबार घटेर १ लाख ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ३० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भएको छ ।