
काठमाण्डु,१९ माघ– फ्रेन्च लिग वानमा बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालन सफल भएको छ । मोन्टपेलियरमाथि पीएसजीले ३–१ को जित निकालेको हो।
पीएसजीको जितमा लियोनल मेसी, फाबियानो रुइज, र जइर एमेरीले एक एक गोल गरेका थिए । मोन्टपेलियरका लागि एक मात्र सान्तवना गोल एनाअर्ड नोर्डिनले गरेका थिए ।
मुख्य खेलाडी नेयमार घाइते भएपछि पीएसजी मेसी र केलियन एम्बाप्पेको आक्रमण लाइनमा मैदानमा उत्रिएको थिए । खेलको १० औं मिनेटमा भएको पेनाल्टी एम्बाप्पले मिस गरेका थिए।
सर्जियो रामोसलाई डिबक्सभित्र लडाएपछि पीएसजीले पेनाल्टी पाएको थियो। एम्बाप्पेले प्रहार गरेको पेनाल्टी मोन्टपेलियरका गोल रक्षकले रोकेका थिए। भीएआर हेरेर पुन पेनाल्टी हान्न दिइएको थियो।
पेनाल्टी हान्नुभन्दा अघि नै गोललाइनको एरिया क्रस गरेर गोलकिपर आएको भन्दै पुनः पीएसजीलाई पेनाल्टी हान्न दिइएको थियो। त्यसपछि पनि एम्बाप्पेले नै पेनाल्टी प्रहार गरेका थिए। तर गोल गर्न सफल भएनन् ।
खेलको २१ औं मिनेटमा घाइते हुँदै नेयमार मैदानबाट बाहिरिएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो तर दोस्रो हाफमा पीएसजीले ३ गोल गर्यो।
५५ औं मिनेटमा एकिटिकेको पासमा रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। रुइजकै पासमा ७२ मिनेटमा मेसीले गोल गर्दै अग्रता दोब्बर बनाए।
८९ औं मिनेटमा मोन्टपेलियरका नोर्डिनले गोल गरेर खेल २–१ को स्थितिमा ल्याए। ९२ औं मिनेटमा असरफ हाकिमीको पासमा जइर एमेरीले गोल गर्दै पीएसजीलाई ३–१ को जित दिलाए । जितसँगै २१ खेलबाट ५१ अंकका साथ पीएसजी शीर्ष स्थानमा छ।