
काठमाण्डु, १७ माघ– नेपाली विद्यार्थी संघमा एकतर्फी नियुक्ति गरिएको भन्दै शेखर पक्षका विद्यार्थीले असन्तुष्टि जनाएको छ ।
संघका अध्यक्ष शेर्पाले योगदान र योग्यताका आधारमा नभई आफूखुसी जिल्ला र क्याम्पस कार्यसमिति बनाएको शेखर समुहले बताएको छ ।
नेपाल ल क्याम्पसमा भएको शेखर पक्षका विद्यार्थीहरुको बैठकले गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु बदर गर्न समेत माग गरेको छ ।
विधान विपरीत नियुक्ति बदर गर्न र ती स्थानमा प्रतिनिधि खटाएर अधिवेशन गर्नुपर्ने बैठकले निर्णय गरेको भुवन भट्टले जानकारी दिएका छन ।