
काठमाण्डु,१६ माघ– लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ ।
उपनिर्वाचनमा सोमबारसम्म उम्मेदवारी फिर्ताको समय रहेकामा नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले फिर्ता लिएका छैनन् ।
निर्धारित समय अवधिभित्र रायले उम्मेदवारी फिर्ता नगरेपछि निर्वाचन आयोगले सत्ता गठबन्धनको प्रमुख दल एमाले, नागरिक उन्मुक्ति र कांग्रेसका तीनजनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।
सत्ता गठबन्धनबाट नेकपा एमालेबाट रोल्पाका कुमार दसौदी र नागरिक उन्मुक्तिका राय तथा नेपाली कांग्रेसबाट कांग्रेसबाट रोल्पाकै माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका थिए ।
नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुदै छ ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो पार्टी सत्ता गठबन्धनमा नरहेको बताएकी छन ।