ज्ञवाली, शाक्य र महत योजना आयोगको सदस्य नियुक्त

काठमाण्डु टुडे २०७९ माघ १६ गते १८:०६ मा प्रकाशित

काठमाण्डु, १६ माघ– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन सदस्य नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।

ज्ञवाली यसअघि राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र शाक्य इजरायलका लागि नेपाली राजदूत थिइन् । उनीहरु दुवै एमाले अध्यक्ष केपी ओलीको सिफारिसमा आयोग सदस्यमा नियुक्त भएका हुन् ।

सरकारले आयोगको उपाध्यक्षमा यसअघि नै मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ । यस्तै बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us