
काठमाण्डु,१६ माघ– प्रहरीको हात भाँचिदिएको आरोपमा पोखराबाट प्रहरीले एक जना अटो मोबाइल व्यवसायी पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्य तथा अटो व्यवसायी सौरभ थापा रहेका छन ।
उनी अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाका छोरा हुन् । पक्राउ परेका २५ वर्षीय सौरभले बुबाको लगानीमा रहेका अटो मोबाइल व्यवसाय हेरिरहेका छन् ।
गत बिहीबार पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको प्रहरीले बताएको छ ।
रक्सीले मातेर गाडी चलाएका थापालाई रामबजारमा प्रहरीले रोकेपछि उनले स्टन्ड देखाउँदै अगाडि भागेको र फेरि फर्किएर आएर प्रहरीलाई हानेको स्रोतको बताएको छ ।
उनलाई बिहीबार पक्राउ गरी अभद्र मुद्दामा ५ दिनको म्याद थप गरिएको छ । मुद्धाको फाइल सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ ।
गत पुस २१ गते पनि मदिरा सेवन गरी गाडी चलाएका सौरभले पोखरा लेकसाइडमा अर्को गाडीलाई ठक्कर दिएका थिए । तर, थापा भोलिपल्टै पक्राउ परेर पनि छुटेका थिए ।