
काठमाण्डु,१६ माघ– काठमाण्डुको गौशालामा बसको ठक्करबाट युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायणटार बस्ने गोरखाकी २२ वर्षीया रोशनी मगर रहेकी छिन् ।
गौशालामा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार एक युवतीको आइतबार राति मृत्यु भएको छ ।
चाबहिलबाट गौशालातर्फ गइरहेको प्रदेश ३–०१–००६ ख ११०९ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा ९२ प ६४२३ नम्बरको स्कुटरलाई आइतबार दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो ।
रोशनीको चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा आइतबार राति पौने १२ बजे मृत्यु भएको हो ।