
काठमाण्डु,१६ माघ– प्रहरीले मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, सोही महानगरपालिका– २५ बस्ने २६ वर्षीय सुशील कुमार साह, सोही महानगरपालिका–२७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दीपक कुमार पटेल, सोही महानगरपालिका–१९ बस्ने २२ वर्षीय राज कुमार साह,
सोही महानगरपालिका–२४ बस्ने ४८ वर्षीय शुभनारायण महतो कोईरी, पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार सहनी, सोही गाउँपालिका–२ बस्ने २५ वर्षीय सञ्जय चौहान र बहुदरमाई नगरपालिका–९ बस्ने २८ वर्षीय हरिओम गुप्ता रहेका छन् ।