प्रधानमन्त्री र अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ माघ १६ गते १२:४४ मा प्रकाशित

काठमाण्डु,१६ माघ– नेकपा माआोवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा सन्चालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाण्डु आएकी नुल्याण्डले कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us