बानेश्वरमा सुकुम्बासीहरुको सडक धर्ना, स्थायी विकल्प विना नहटाउन माग

काठमाण्डु टुडे २०७९ माघ १३ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, १३ माघ- काठमाण्डुका सुकुम्बासीहरुले स्थायी विकल्प विना नहटाउन माग गर्दै नयाँबानेश्वरमा धर्ना दिएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दे बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्। बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले बस्ती खाली गर्न भन्दै महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले भनेपछि उनीहरू लामो समयदेखि आन्दोलित छन्।

आफूहरूलाई उठिबास लगाउन लागेको भन्दै सुकुम्बासी बस्तीका मानिसहरू भेला भएर शुक्रबार माइतीघरमा धर्ना दीइ बानेश्वरतर्फ लागेका हुन्। भूमि अभियन्ताहरु विरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने उनीहरुको माघ रहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us