रविका वकिललाई न्यायाधीशको प्रश्न : अमेरिकी नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिन कसरी सम्भव भयो ?

काठमाण्डु टुडे २०७९ माघ १३ गते १३:५६ मा प्रकाशित

काठमाण्डु ,१३ माघ- उपप्रधान एंवम गृहमन्त्री रवि नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा लामिछानेले अमेरिकी नागरिकता नत्याग्दै नेपाली पासपोर्ट लिएको उनकै वकिलले अदालतमा स्वीकार गरेका छन् ।

सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले नेपाली पासपोर्टबारे प्रश्न गरेका थिए । न्यायाधीश खतिवडाले, रविले २०१४ मा अमेरिकी नागरिकता ९ग्रिनकार्ड० लिएको र २०१८ मा मात्र त्यागेकामा कसैको पनि विवाद नभएको बताए ।

यो तथ्यलाई रविका वकिलहरुले समेत स्वीकार गरेको भन्दै न्यायाधीश खतिवडाले प्रश्न गरे, २०१५ मै नेपाली पासपोर्ट लिन कसरी सम्भव भयो ।जवाफमा वरिष्ठ अधिवक्ता गौतमले नेपाली पासपोर्ट लिएपनि प्रयोग नगरेको दाबी गरेका छन् ।

 लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको बहस आज सकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us