
काठमाण्डु, ११ माघ– अतिक्रमित भूमि सुस्ता बचाउ अभियानका प्रमुख नेतृत्वकर्ता गोपाल गुरुङको निधन भएको छ ।
सुस्ता बचाउ अभियानका प्रमुख अभियन्ता गुरुङ गत ८ पुसमा घरमै अचेत भएर ढलेका थिए । उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार ज्यान गएको हो । चिकित्सकले उनको मस्तिष्कघातका कारण निधन भएको जनाएका छन् ।
आर्थिक अभावका कारण समयमै सल्यक्रिया गर्न नसक्दा गुरुङको निधन भएको सुस्ता बचाऊ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए ।