
काठमाण्डु ,१० माघ- मंगलबार दिउँसो बाजुरामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण केही घरहरू मा क्षती पुगेको छ।
भूकम्पका कारण बुढीगंगा नगरपालिकाका वडा नम्बर ७ र ८ मा केही घर भत्किएका छन् भने बडीमालिका नगरपालिकामा सामुदायिक भत्किएको छ। भूकम्पका कारण अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले बताए।
यस्तै अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेका बतायको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो।