
काठमाण्डु, १० पुस -नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताका लागि वार्ता हुने भएको छ ।
दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोेली मंगलबार छलफलमा बस्न लागेका हुन् । दुई पार्टीको वार्ता टोली मा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितको नेता रहेका छन् ।
पार्टीका वार्ता टोलीको बैठक दिउँसो २ बजे बस्न लागेको बतायको छ। दुई पार्टीका नेतालाई सहज हुनेगरी कुनै ठाउँमा बस्ने तय भयको नेसपा वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठले बताए । श्रेष्ठले पार्टी एकताका विषयमा सरकारात्मक वातावरण बन्दै गएकाले छिट्टै परिणाम निकालिने पनी बताय।
यसअघि शनिवार बसेको वार्तामा दुबै पार्टीको डकुमेन्ट आदानप्रदान गरिएको थियो ।यस्तै माओवादीका उपमहासचिव एवम् वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले पनि छलफल सकारात्मक रुपमा अघि बढेको जानकारी दिए ।
नेसपासहित अन्य दलसँग समेत संवाद अघि बढेको पोखरेलले बताय। ‘हामीले शनिवार नेसपाका नेताहरुसँग छलफल गरेका थियौँ । त्यसपछि एकीकृत समाजवादीका नेताहरुसँग पनि बसेर छलफल गरेका छौँ।
लगत्तै जसपा नेताहरुसँग बस्ने तयारी छ,’ पोखरेलले भने, एमाले बाहेक पार्टीसँग एकता गर्नेगरी लगातार छलफल गरेर परिणाम निकाल्ने पक्षमा छौं । यस्तै वार्ता टोलीले विप्लव नेतृत्वको नेकपासँग समेत एकताका विषयमा छलफल गर्ने पोखरेलले बताए ।