
काठमाण्डु,३ माघ– बालिका बलात्कारको आरोपमा लागेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् ।
आज (मंगलबार) जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले बताएका छन ।
पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतले सफाइ दिएको छ । बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।