केपी ओलीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाण्डु टुडे २०७९ माघ १ गते १३:३९ मा प्रकाशित

काठमाण्डु,१ माघ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आज काठमाण्डु बाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको थियो ।

यो खबरले अत्यन्त दुःखी भएको बताउँदै ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

साथै उनले प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us