दुर्घटनास्थलबाट हालसम्म् ३६ जनाको शव निकालियो

काठमाण्डु टुडे २०७९ माघ १ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, १ माघ -आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको शव निकालीयको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको र हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको केसीले कताय। काठमाण्डुुकाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us