
काठमाण्डु,१ माघ– काठमाण्डुबाट यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिइ सकेका छन । दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल पुगेका छन ।