करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ १ गते १२:२१ मा प्रकाशित

पाल्पा,१ माघ–पाल्पामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–४ का ३० वर्षीय विष्णुबहादुर थापा रहेका छन ।

माथागढी–१ अगाहा खोलामा माछा मार्नेक्रममा थापाको मूत्यु भएको हो ।शनिबार खोलामा हुक लगाएर करेन्टले माछा मार्ने क्रममा घाइते भएका थापाको उपचारको क्रममा शनिबार राति साढे ९ बजे मृत्यु भएको पाल्पा प्रहरीले बताएको छ ।

उक्त खोलमा माछा मार्न गएका अन्य आठ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us