
काठमाण्डु, १ माघ -आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ ।
१०ः ३३ मा काठमाण्डु बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो। जहाज अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको बतायको छ।
पोखरा(१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दुर्घटनाग्रस्त जहाज क्याप्टेन कमल केसीले उडाएका एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बतायका छन।