
काठमाण्डु, ३० वैशाख–कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन पूर्वप्रधानमन्त्रीहरूको अखडा बनेको बताएका छन् । पत्रकार रामकृष्णभण्डारीद्वारा लिखित पुस्तक सत्ता संघर्ष बिमोचन कार्यक्रममा शनिबार थापालेप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा तथा केपी ओलीप्रति संकेत गर्दै उक्त टिप्पणी गरेका हुन् ।
‘नेपालको राजनीति कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरूको अखडा जस्तो भयो । कुन चाँहि भूतपूर्व प्रधानमन्त्रीले कुन चाँहिभूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनुभयो?,’ आइतबार फलानोले झुक्याउनुभयो । सोमबार अर्कोले ठहरै पार्नुभयो उनले भने ।
‘अहिले तपाईंहरू सबैको मनमा के छ ? कुन चाँहि भूतपूर्वले कुन चाँहि भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याइ राखेको होला । अस्तीसरकारलाई भोट किन हालेको होला ? यो कुरा कसको मनमा छैन अहिले ? थापाले भने, ‘तीन जना भूतपूर्व प्रधानमन्त्रीहरू त्यो एउटाअखडा भित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लब जस्तो ।