घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्य मनोनित

काठमाण्डु टुडे २०७९ पुष ३० गते १६:२० मा प्रकाशित

{“caption”:”u092eu0928u094du0924u094du0930u0940 u0918u0928u0936u094du092fu093eu092e u092du0941u0938u093eu0932u0964 u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930u0964″,”photographer”:””,”alt_text”:””}

काठमाण्डु, ३० पुस– घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्य मनोनित भएका छन् ।

शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको हो । गत २३ असोजमा एमाले छाडेका भुसाल शुक्रबार समाजवादी प्रवेश गरेका थिए ।

उनले ४ मंसिरको निर्वाचनमा रुपन्देही–१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

तत्कालीन सत्ता गठबन्धनको समर्थन पाएका भुसाल एमाले नेता छबिलाल विश्वकर्मासँग पराजित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us