
काठमाण्डु, ३० पुस–सरकारलाई विश्वासको मत दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ ।
एक मन्त्री लिएर पार्टी सरकारमा सहभागी हुन लागेको लोसपा प्रवक्ता केशव झाले जानकारी दिए । प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् । २६ पुसमा लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
झाले एक मन्त्रीसहित सरकारमा सहभागी हुन प्रधानमन्त्री र प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष केपी ओलीसँग परामर्श भएको जानकारी दिए ।