
चितवन,२९ पुस– चितवनको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतो रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार महतोको घटनास्थलमै मृत्य भएको हो । यस्तै दुर्घटनामा परि एक जना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल पछाडि सवार रत्ननगर नगरपालिका १० का २७ वर्षीय विश्वास महत्तो रहेका छन ।
महत्तोलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएको चितवन प्रहरीले बताएको छ ।
शुक्रबार दिउँसो १२स्२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेको ना. ४२ प.४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना.४ ख.५३०१ नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो ।
दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।