घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डु टुडे २०७९ पुष २९ गते १६:४५ मा प्रकाशित

काठमाण्डु,२९ पुस– पूर्वएमाले नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  शुक्रबार नेता भुसाल समाजवादीमा प्रवेश गरेका हुन् ।

भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गरएका हुन । राजधानीमा आयोजित भुसालको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 ४ मङ्सिर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट निर्वाचन टिकट नपाएपछि रुपन्देही–१ स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

लामो समय देखी एमालेमा रहेका नेता भुसाल ४ मंसिरमा भएको निर्वाचनमा एमालेले उनलाई टिकट नदिए पछि उनले पार्टी परित्याग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us