कारागारबाट निकालिए सन्दीप लामिछाने

काठमाण्डु टुडे २०७९ पुष २९ गते १४:१८ मा प्रकाशित

काठमाण्डु ,२९ पुस– बलात्कार आरोपी २० लाख धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डु लगिएको छ ।

आज (शुक्रबार) केन्द्रीय कारागार सुन्धाराबाट आवश्यक प्रक्रियाका लागि उनलाई अदालत लगिएको हो । उच्च अदालत पाटनले एक किशोरीलाई बलात्कार आरोपमा लामिछानेलाई २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

लामिछाने जिल्ला अदालत काठमाण्डुको पुर्पक्षमा थुनामै रहने आदेशविरुद्ध उच्च अदालत गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us