मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित ३ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाण्डु टुडे २०७९ पुष २९ गते १३:३२ मा प्रकाशित

काठमाण्डु ,२९ पुस– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।

यादवल आज शुक्रबार मधेश भवनमा आयोजित एक समारोबीच पद तथा गोपनियताको शपथ लिएका हुन् । यादवले ३ मन्त्री पनि नियुक्त गरेका छन् ।

उनीहरुले पनि आजै नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । शपथ लिनेहरुमा एमालेबाट सरोज यादव, जसपाबाट सञ्जय यादव र जनमतबाट वसन्त कुशवाहा छन् ।

यादव बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने उनले आज ३ जना मन्त्रीहरु नियुक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us