
काठमाण्डु ,२९ पुस- नेकपा माओवादी केन्द्रका अध्क्षय एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् ।
आज नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा व्यकत गरेका हुन। आफ्नो यो कार्यकाललाई ठूलो परीक्षाको रुपमा लिएको प्रधानमन्त्री दाहालले बताए।
उक्त कार्यक्रमा प्रधानमन्त्री दाहालले ’सरकारको कामहरु सुशासन र देशको हितका लागि केन्द्रित हुने भन्दै उनले यही कार्याकालमा नेपालको आर्थिक विकासको गति लिने, शुसानको जग बस्ने र राजनीतिक परिर्वतन अब आर्थिक विकासका परिणत हुने दाबी गरे ।
लोकतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा परिवर्तन देखिएन,’ उनले भने यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको छ’ ‘तर अझै आशा बाँकी छन जस्तो गरी मत पनि दिएका छन्,।
उनले भने‘ जनताले पार्टीहरुलाई अग्नि परिक्षामा राखेका छन् ।कार्यक्रमा बोल्दै ’प्रधानमन्त्री दाहालले हस्तकला निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गरी अर्थतन्त्रको संकट समाधान गर्न र देशले राम्रो फाइदा लिन सक्ने बताय।