स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष २९ गते ११:२० मा प्रकाशित

झापा,२९ पुस– झापाको गौरादह नगरपालिका–१ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मूत्यु हुनेमा ७२ वर्षीय तुलसा दाहाल रहेका छन ।

गौरादह–१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दिउसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा राति ९ः१५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताएका छन ।

बस चालक अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us