बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष २८ गते १८:३९ मा प्रकाशित

पाल्पा,२८ पुस– पाल्पामा भएको सवारी दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा पाल्पा बौवापोखराकी ७७ वर्षीया पुतली विश्वकर्मा रहेकी छिन ।

बिहीबार दिउँसो गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ख ८३६१ नम्बरको बसको ठक्कर दिंदा विश्वकर्माको मृत्यु भएको हो । तानसेन नगरपालिका– १२ लुङस्थित सडकमा उनलाई बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी विश्वकर्माको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us