प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ पुष २८ गते १७:३८ मा प्रकाशित

काठमाण्डु,२८ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न ओली उनको निवास बालुवाटार पुगेका छन । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद विस्तारको तयारी छ ।

प्रदेशहरुमा पनि मुख्यमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद विस्तार भएका छैनन् । दुई नेताहरुबीच मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल स्रोतले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us