
काठमाण्डु,२८ पुस– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शर्मा बुधबार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ । यस्तै आजै मुख्यमन्त्री शर्माले एमालेबाट र माओवादीबाट १\१ जनालाई मन्त्रीमा नियुक्त, गर्ने तयारी गरेका छन् ।
एमालेबाट विनोद कुमार शाह र माओवादीबाट मुगुका मंगल शाही मन्त्री बन्ने भएका
छन् ।