
काठमाण्डु,२८ पुस– ४ मंसिरमा भएको चुनावअधि एमाले छाडेका नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
त्यसका लागि नेकपा एकीकृत समाजवादीले शुक्रबारका लागि पार्टी प्रवेश कार्यक्रम तय गरेको छ । सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको छ ।
४ मङ्सिर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट निर्वाचन टिकट नपाएपछि रुपन्देही–१ स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
केहीदिनअघि उनले एकीकृत समाजवादीलाई पाँच बुँदे पत्र पठाउँदै पार्टी प्रवेशको ढोका खुलेका थिए । लगत्तै एकीकृत समाजवादीले जवाफ पठाएसँगै उनी पार्टी प्रवेश गर्न राजी भएका हुन् ।