
काठमाण्डु,२१ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेटबार्ता गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेका हुन् । भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको र उनको शव नेपाल ल्याइ परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको सचिवालयले जानकारी दिएको छ ।
प्रचण्डसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीबोधप्रति धन्यवाद व्यक्त गरेका छन ।