छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि चर्को आलोचना

काठमाण्डु टुडे २०७९ पुष २१ गते ११:२४ मा प्रकाशित

काठमाण्डु,२१ पुस– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि चर्को आलोचना भएको छ ।

नगर प्रहरीले हिजो बुधबार साँझ लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै गरेको तस्वीर सामाजिक संजालमा भाइरहेका छन । राप्रपा सिद्धार्थनगरका नेता अजय गुप्ताले छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको घटनामा संलग्नलाई कारबाही गर्न पार्टीले नगर प्रमुखलाई ज्ञापनपत्र दिने बताएका छन ।

एमाले सिद्धार्थनगरका सचिव नारायण प्रसाद भण्डारीले पनि जिउँदो पशुलाई ट्रकले घिसार्दै रक्ताम्य बनाउनु असह्यै भएको बताएका छन । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक खानले दोषी कर्मचारीलाई कारबाही गर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us