
सर्लाही,२१ पुस– सर्लाहीको पर्सा गाउँपालिकामा भारतीय नम्बरप्लेटको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका–२ का ७५ वर्षीय पैदल यात्री नथुनी बैठा रहेका छन। हिजो बुधबार साँझ ६ बजेकोसमयमा संग्रामपुरस्थित भित्रि सडकखण्डमा बी।आर।०१ बी ५९१७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएका उनको उपचारको क्रममा स्थानीय नारायणपुर मेडिकलमा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।