जापानमा नेपाली विद्यार्थीको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १९ गते ८:१५ मा प्रकाशित

जापान– जापानको राजधानी टोकियोमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटाका २७ वर्षीय अनिश कटवाल छन् । अंग्रेजी नयाँ वर्षका दिन १७ पुसमा घटना भएको हो । उनी आफ्नै कोठामा पानी जमाएर नुहाउँने भाँडा (ओफुरो) मा डुबेको अवस्थामा मृत भेटिएको उनीसँगै बस्दै आएका नेपाली विद्यार्थीले बताएका छन् ।

साथीहरु नयाँ वर्ष मनाउन बाहिर गएका बेला अनिश कोठामै थिए । साथीहरु फर्किंदा ओफुरोमा डुबेको अवस्थामा भेटिएपछि प्रहरीमा खबर गरिएको थियो ।

अनिश ६ महिनाअघि मात्र पढ्नका लागि जापान पुगेका थिए । प्रहरीले भने मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us