
काठमाण्डु, १४ पुस– मधेस प्रदेशका स्वतन्त्र सांसद जवाहरलाल कुसवाहा महतो माओवादी केन्द्र प्रवेश गरेका छन् ।
बुधबार महतो प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट पार्टी प्रवेश गरेका हुन् । महतो ४ मंसिरको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर–३ (क) बाट
प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
तत्कालीन सत्तारुढ गठबन्धनका तर्फबाट सो क्षेत्र एकीकृत समाजवादीको भागमा परेपछि उनी माओवादी छाडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । समाजवादीले डिल्लीप्रसाद उप्रेतीलाई उम्मेदवा बनाएको थियो । उप्रेती तेश्रो भए । योसँगै मधेस प्रदेशमा माओवादी सांसदको संख्या ९ पुगेको छ ।