
काठमाण्डु, १० पुस -हिमाली जिल्ला रसुवामा राष्ट्रिय वाणिज्य बैङ्कले शाखा विस्तार गरेको छ ।
बैङ्कले स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न रसुवाको धुञ्चेमा शाखा विस्तार गरेको हो। बैङ्कले करिब चार वर्ष अगाडि कालिकास्थानमा पहिलो शाखा स्थापना गरी सेवा सुरुआत गरेको थियो ।
रसुुवाका का नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैङ्क सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरे संयुक्त रुपमा शनिबार बाणिज्य बैङ्क धुञ्चे शाखा कार्यालयको शुभारम्भ गरेका छन।
बाणिज्य बैंकले धुञ्चेमा थप शाखा विस्तार गरेसँगै स्थानीय बासिन्दा हर्षित भएको बतायको छ। बैङ्कको शाखाले उत्तरी क्षेत्रका लाङ्टाङ, टिमुरे, थुमन, चिलिमे, हाकु, गोल्जुङ, गतलाङ, स्याफ्रुसमेतका बासिन्दालाई प्रत्यक्ष सेवा दिने उक्त शाखाका प्रबन्धक हेमन्त सुवेदीले जानकारी दिएका छन ।