कोभिडको नयाँ भेरियन्ट नेपालमा देखिएको छैन: स्वास्थ्य मन्त्रालय

काठमाण्डु टुडे २०७९ पुष ९ गते १५:३३ मा प्रकाशित

काठमाण्डु,९ पुस– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ–७ संक्रमण बढी रहेको र खुला सीमाका कारण नेपालमा पनि जोखिम रहे सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रलयले आज शनिबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । मन्त्रलयले जारी गरेको विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘ छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ ।

तर, नयाँ भेरियन्ट हालसम्म पुष्टि भएको छैन । यद्यपि, खुला सीमाना एवं आवतजावतका कारण नेपालमा पनि संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि आम जनसमुदाय सजग एवं सचेत हुन जरुरी छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us