
काठमाण्डु,९ पुस– नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दै छ ।
बैठक आज (शनिबार) अपरान्ह ४ बजे बालुवाटारमा लागेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन । बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच छलफल हुने महतले बताएका छन ।
निर्वाचन सम्पन्न भएपश्चात नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन बाँकी रहँदा समेत दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति हुज सकेको छैन ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्वपूर्ण पदहरुको गठबन्धन दलहरूबीच भागवण्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन ।