
काठमाण्डु,९ पुस– चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले बताएको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको छ । तथ्यांकअनुसार यस अवधिमा २०.७१ प्रतिशतले आयात घटेको छ ।
गत आर्थिक वर्षको यही समयमा विदेशबाट ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस्तै, ५ महिनाको अवधिमा नेपालबाट ६७ अर्ब ३० करोड ४५ लाख रूपैयाँ बराबरको निर्यात भएको छ ।
गत वर्षको यही अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । जुन, यो वर्षको तुलनामा ३४.६१ प्रतिशत बढी हो ।यो सँगै चालू वर्षमा नेपालको वैदेशिक व्यापार घाटा समेत घटेको छ ।