
काठमाण्डु,९ पुस– यो साता नेपाली बजारमा सुन मूल्य प्रति तोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यस साता प्रतितोला ४०० ले सुनको भाउ उकालो लागेको बताएको छ ।
गत साताको शुक्रबार सुनको मूल्य प्रतिातेला ९९ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ थियो । यो साताको शुक्रबारसम्ममा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँमा आइपुगेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतिातोल ९९ हजार ८०० रुपैयाँ छ । यस्तै यो साता चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता २० रुपैयाँले चाँदीको मूल्य बढेको जानकारी दिएको छ ।