
काठमाण्डु,७ पुस– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएकोमा बधाई दिएका छन् ।
देउवालाई बधाई दिन भट्टराई नेता महिन्द्र यादवलाई लिएर बिहीबार बालुवाटार पुगेका थिए । उनले देउवासँगै बसेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन ,‘संसदीय दलको नेता निर्वाचित हुनु भएकोमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल समाजवादी पार्टीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।