त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

काठमाण्डु टुडे २०७९ पुष ७ गते ११:१८ मा प्रकाशित

काठमाण्डु,७ पुस– हुस्सु–कुहिरो कारण आज बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ ।

भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन ।उनका अनुसार अवतरण हुन नसकेका केही विमानलाई डाइभर्ट गरिएको छ ।

भारतको मुम्बईबाट आएको विस्तारा र नयाँदिल्लीबाट आएको इण्डिगो एयरका विमानहरुले काठमाण्डुको आकाशमा फन्को लगाइरहेका छन् । मौसममा सुधार आएपछि नियमितरुपमा उडान अवतरण हुने ठाकुरले बताएका छन ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार बिहानको बेला बाक्लो हुस्सु र कुहिरो लागे पनि अब विस्तारै हट्ने क्रममा रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us