
काठमाण्डु,४ पुस– बाराको निजगढमा आइतबार राति भएको मोटरसाइकल दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मूत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका ३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय ऋतिक बहादुर राई रहेका छन ।
दुर्घटनामा परेका उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढ प्रहरी निरीक्षक सञ्जिव ओलीले जानकारी दिएका छन । भुवनले चलाएको मोटरसाईकलमा तीनजना सवार रहेका थिए ।
सिम्रिक गाउँकै २४ वर्षीय सुशील माझी भने घाइते छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । निजगढमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नयाँ चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।
निजगढ नगरपालिका–१ स्थित सडक छेउमा बिग्रिएर रोकिराखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्बरको ट्रकको पछाडी सोही दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।