बालिका बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

काठमाण्डु टुडे २०७९ पुष ४ गते १३:३६ मा प्रकाशित

काठमाण्डु,४ पुस– प्रहरीले मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिका बलात्कारको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई रहेका छन ।

उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कार गरेको आरोप रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताएका छन । बालिका १४ वर्षका रहेका छन् ।

१ पुसमा घरबाट स्कुल हिँडेका बालिका भोलिपल्ट मात्रै घर फर्किएका थिए । आफन्तले सोधीखोजी गर्दा बलात्कृत भएको खुलाएका थिए ।

बालिकालाई सुन्दरहरैँचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा बलात्कार गरेको खुलेको प्रहरीले जानकारी दिलएको छ ।

बालिकाका अभिभावकले आइतबार साँझ दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तिम्सिना र तामाङलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्घान भई रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us