
काठमाण्डु,४ पुस– नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज सोमबार पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो । दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ । नेकपा एकीकृत समाजवादी का १० जना सांसद छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउने निर्णयसमेत गरेको थियो ।