
काठमाण्डु,२९ मंसिर– एमाले पोलिटब्युरो सदस्य तथा प्युठान–१ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार एमालेले नमान्ने बताएका छन् ।
आज (बिहिबार) बुटवलमा पत्रकार भेटघाट कार्यक्रमका बोल्दै थापाले प्रचण्डको नेतृत्व सरकार बन्न नहुने बताएका छन । उनले एमालेले प्रचण्डको नेतृत्व कुनै पनि हालतमा मान्न नसक्ने भन्दै बरु नेपाली काँग्रेससँग तालमेल गरेर सरकार जान सक्ने बताएका छन ।
उनले यदि प्रचण्डलाई प्रधानमन्त्री मान्ने एमालेसँग प्रस्ताव आएका त्यसमा आफूले नोट अफ डिसेन्ट लेख्ने घोषणा गरेका छन । उनले विगतमा वामपन्थी एकताको नाममा प्रचण्डले पार्टी कब्जा गर्न खोजेकोले अहिले उनीसँग कुनै पनि तालमेल तथा एकता सम्भावना नरहेको बताएका छन ।
उनले अहिले भएको गठबन्धनले देशलाई सही दिशामा लैजान कठिन हुने भएकाले बरु नेपाली काँग्रेस र एमालेले आधा आधा सरकार चलाउन सक्नेमा आफू सहमत रहेको बताए ।