
काठमाण्डु,२९ मंसिर– नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको बताएको छ ।
भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी राजीनामा दिएको क्यानले बताएको छ । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।